विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुन सडकमा सुते: रविन्द्र मिश्र

विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुन सडकमा सुते: रविन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन् ।

शनिवार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।

उनले भने, ‘विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ । उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ’ मिश्रले भने, ‘बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ ।’उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए । 

मिश्रले अयोग्य लडाकुलाई सीप दिनुको साटो पैसा दिने, देशमा हुनै नसक्ने ठाउँमा डाँडाकाँडा काट्नलाई हुनै नसक्ने ठाउँमा डोजर चलाउन विभिन्न नेताको दबाबमा डाँडा काट्न पैसा दिने, बजेट छर्ने जुन अवस्था देखियो, त्यसको परिप्रेक्ष्यमा उनको माग सान्दर्भिक  रहेकाे समेत जिकिर गरे ।

Skip This
Skip This
Logo