शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले शिक्षा क्षेत्रको सुधारका लागि इमान्दारितापूर्वक काम गर्ने बताएका छन् ।
माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनको सातौँ केन्द्रीय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाबिना शिक्षा मन्त्रीको केही काम नहुने बताएका हुन् । यसको समाधानको लागि विद्यालयहरु सँगसँगै सहकार्य गर्ने अठोट पनि उनले व्यक्त गरे ।
मन्त्री राईले भने, शिक्षा क्षेत्रलाई सुधार गर्न इमान्दारितापूर्वक सक्दो प्रयास गर्ने छौ । शिक्षक विना शिक्षा हुँदैन, शिक्षा नभए शिक्षा मन्त्रीको के काम तपाईहरुको पीडा, शिक्षा मन्त्री र पूरै राष्ट्र शिक्षा क्षेत्रको पीडा हो । यसको समाधान खोज्न तपाईहरु सँगसँगै सहकार्य गर्ने अठोट पनि व्यक्त गर्दछु ।’
उनले देश बनाउने जिम्मेवारी हामी सबैको भएको भन्दै राज्यप्रति विद्रोह भाव नराख्न सबैलाई आग्रह गरेका छन् । सरकारको कमी कमजोरीलाई खबरदारी गर्ने र राज्य चलाउनेले पनि त्यसलाई लिएर सुधार गर्दै जानुपर्ने उनले बताए । राज्यलाई निर्मम, निर्दयी र काम नै नलाग्ने जस्ता आरोप नलगाउन पनि उनको अनुरोध थियो ।





























प्रतिक्रिया