रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् । तर, सभापति लामिछाने भने अहिले पार्टी निर्माणमा लाग्ने समय भएकाले तत्काल सरकारमा सहभागी नहुने सन्देश दिएको भेटमा सहभागी रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । 

“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावको विषयमा पार्टीभित्र छलफल हुन्छ ।” उनले भने ।

साथै प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई राष्ट्रको लागि मिलेर सँगै अगाडि बढ्न प्रस्ताव राखेको पनि बताइएको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई पनि दिएका थिए ।  

Skip This
Skip This
Logo