सरकार र पुनबीच आज पनि वार्ता हुँदै

सरकार र पुनबीच आज पनि वार्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आजपनि वार्ता हुँदैछ ।

आइतबार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । सरकारसँग दिउँसो साढे ३ बजे पुनः वार्ता हुने पुनले जानकारी दिए।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिँदै आएका छन् । सहमतिमा नपुग्दासम्म आन्दोलन जारी नै रहने पुनले बताएका छन्।

Logo