प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।
प्रेस सेन्टरले चितवनमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन्।
‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्। सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ।
प्रचण्डले आज चितवनमा आफ्नो सरकार पाँचै वर्ष टिक्ने जिकिर गर्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।





























प्रतिक्रिया