सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपा केन्द्रीय समितिकाे बैठक सुरू

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपा केन्द्रीय समितिकाे बैठक सुरू

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ।

पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ। उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब छ।

यसैबीच रास्वपाको संसदीय दलको बैठक पनि आजै बस्दैछ। दिउँसो तीन बजे पार्टी कार्यालयमै बस्ने बैठकले दलको नेतामा रवि लामिछानेलाई चुन्ने कार्यसूची छ।

Logo