रास्वपाको बैठक जारी, सरकारलाई दिएको समर्थनमा छलफल केन्द्रित

रास्वपाको बैठक जारी, सरकारलाई दिएको समर्थनमा छलफल केन्द्रित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । 

बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ । 

साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । 

बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब छ।

Logo