रास्वपामा अर्थ नीति विभागकाे जिम्मेवारी स्वर्णिम वाग्लेले पाउँदा अन्य विभागमा को ? [सूचीसहित]

रास्वपामा अर्थ नीति विभागकाे जिम्मेवारी स्वर्णिम वाग्लेले पाउँदा अन्य विभागमा को ? [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ ।

सोमबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीका नेताहरुको कार्य विभाजन गरेको हो । जसमा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकिएको छ भने महासचिव डा. मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ । 

साथै रास्वपाले संगठन विभाग प्रमुखको जिम्‍मेवारी कविन्द्र बुर्लाकोटीलाई दिँदै शिशिर खनाललाई अन्तराष्ट्रिय  विभाग प्रमुख,  भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ र  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्कीलाई तोकिएको छ ।  

त्यसैगरी विपिन आचार्यलाई अभियान तथा प्रचार विभाग, डोलप्रसाद अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुशुम महर्जनलाई मानवीय विकास प्रवर्द्धन विभाग, विष्णु श्रेष्ठलाई केन्द्रीय आरएटी विभाग, खुश्वु सरकार श्रेष्ठलाई नेतृत्व क्षमता तथा मानव संशाधन विकास विभाग, डा अरनिको पाँडेलाई विकास योजना तथा नीति तर्जुमा विभाग, मनिष झालाई तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग र सार्वजनिक लेखा समीक्षा विभाग, दीपक बोहरालाई जनसम्पर्क विभागकाे जिम्मेवारी ताेकिएकाे छ ।  

कसले के जिम्मेवारी पाए ?

Logo