लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । 

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् । मतदानका क्रममा चौधरीका पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत खस्यो । राप्रपा भने तटस्थ रह्यो । 

नेपाली कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए । 

Logo