परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीवार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

बेलायतमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।

परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ । 

Logo