दलको नेता भयो भन्दैमा अपराध गर्ने लाइसेन्स पाइँदैनः उपेन्द्र यादव

दलको नेता भयो भन्दैमा अपराध गर्ने लाइसेन्स पाइँदैनः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको दायित्व देशको राजनीति, आर्थिक, सामाजिक समस्याहरुलाई हल गरेर अगाडि बढ्नु भएको बताएका छन् । 

रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले गठबन्धन बनाउने भत्काउने कामले मुलुकलाई हित नगर्ने भन्दै यसमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै गठबन्धन बलियो बनाउने पक्षमा रहेको बताएका हुन् । 

उनले भने, ‘यही गठबन्धनलाई निरन्तर अगाडि बढाउने पक्षमा हामी छौँ, १० वटा गठबन्धन बनाउने भत्काउने गर्दा यसले मुलुकलाई हित गर्दैन । कमी कमजोरी छ भने सुधार गर्दै जाने हो । ५ दलीय गठबन्धनको दायित्व अबको मुलुकलाई राजनीति, आर्थिक, सामाजिक समस्याहरुलाई हल गरेर अगाडि लानुपर्ने हो । सुशासन र विकासलाई अघि बढाउनुपर्छ । त्यसको लागि अहिलेको गठबन्धनलाई बलियो बनाउनु पर्छ । ’ 

अध्यक्ष यादवले समर्थन फिर्ता लिएका दल पाँच दलीय गठबन्धनभित्र नपर्ने भन्दै समर्थन गरे पनि नगरे पनि केही अर्थ नराख्ने बताए । उनले वर्तमान राजनीतिमा आएको परिवर्तनको आधारमा सबै दलका नेताहरु चोर भन्न नहुने भन्दै राजनीतिमा भएका नेताहरु देश, जनता र लोकतन्त्रका लागि लडेका नेताहरु भएको बताए । 

उनले भने, नेपालको राजनीतिमा भएका नेताहरु देश, जनता र लोकतन्त्रका लागि लडेका नेताहरु हुन् । विगतमा ऐतिहासिक भूमिका छ । अहिले अलि अलि विकृति पनि आएको छ । तर त्यो देखेर सबै नेता चोर हुन् । दलहरु काम लाग्दैनन्, भन्ने कुरा सँग म सहमत छैन्, दलको नेता भयो भन्दैमा अपराध गर्ने लाइसेन्स त पाएको होईन् नि, त्यसकारणले अपराध गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्छ । त्यो दलभित्रको होस् वा दल बाहिरको होस् । ’ 

अध्यक्ष यादवले भन्सारमा धेरै चुहावट हुने गरेको भन्दै यसलाई व्यवस्थित गर्न आवश्यक अध्ययन गरेर वित्तीय नीतिलाई परिवर्तन गर्नुपर्ने बताए । नेपालको बैंकमा पैसा नभए पनि नेपाली जनतासँग पैसा भएको त्यसलाई वित्तिय संस्थाहरु मार्फत उत्पादनमूलक कार्यमा ल्याउने विषयमा नीतिगत रुपमा अगाडि बढ्नु पर्ने उनले बताए ।  

Logo