प्रधानमन्त्री प्रचण्डले भने- यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ

प्रधानमन्त्री प्रचण्डले भने- यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै दबाबमा नपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री प्रचण्डले आफू कुनै दबाबमा नपर्ने जनाएका हुन् ।

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ ।’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले संस्थागत भ्रष्टाचारका कारणले नै देशमा आर्थिक संकटको स्थिति आएको बताए । अब माओवादी पार्टी एक चोटी फेरि गर्जियो भने ३२ सिटबाट बढेर बहुमत सिटमा पुग्ने हुनाले नेपाल कब्जा गर्न सजिलो हुने उनले बताए । 

Logo