टोपबहादुर रायमाझीलाई खोज्न नसक्नु सरकारको कमजोरी हाेः नेता तामाङ

टोपबहादुर रायमाझीलाई खोज्न नसक्नु सरकारको कमजोरी हाेः नेता तामाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई किन खोज्न नसकेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता तामाङले उक्त प्रकरणमा मुछिएका रायमाझीलाई खोज्नु सरकारको दायित्व र जिम्मेवारी भएको भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने सरकार नै नभएको बताएका हुन् । 

उनले भने, ‘म पनि नेपाल सरकारलाई सोध्दैछु– सरकारमा बस्नेहरुले किन खोज्न सक्नुभएन ? उहाँहरुकै निगरानीमा हुनुहुन्छ । सार्वजनिक कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौं । सार्वजनिक कार्यक्रममा पुलिस/प्रशासन पनि थियो होला । पक्राउ पुर्जी जारी गर्यो भन्ने पनि सुनेको हो, सरकारको दायित्व र जिम्मेवारी यो हुन्छ कि नेपालको क्षेत्रफलभित्र को ? कहाँ छ ? भनेर हेर्ने हो, फरार भन्न मिल्दैन् । सरकारले खोजी गर्न नसक्ने हो भने, त्यो सरकार होईन ।, सरकारले मेरो आँखा पुगेन भन्न मिल्छ र ? एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर क्षेत्रफलभित्र सरकारले सबै ठाउँमा मेरो आँखा पुगेको छ भन्नुपर्छ । सरकारलाई नै प्रश्न छ–टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो छ कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पु-याउने भन्दै एमालेको छाता ओढेर कसैले बेईमानी गर्छ भने त्यसलाई बचाउनुपर्ने आवश्यकत्ता नभएको बताए । 

Skip This
Skip This
Logo