संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ।  परिषद्को बैठक सोमबार साँझ ६ बजेका लागि तय गरिएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

भोलि बस्ने बैठकले प्रधानन्याधीश नियुक्त गर्ने सम्भावना छ। दलहरुबीच कुरा नमिल्दा र संवैधानिक परिषद्को वैठक  बस्न नसक्दा लामो समयदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा रहेको छ। 

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। 

Skip This
Skip This
Logo