वर्तमान सरकार कति बेला के हुन्छ भन्न सकिने अवस्था छैनः सांसद जबरा

वर्तमान सरकार कति बेला के हुन्छ भन्न सकिने अवस्था छैनः सांसद जबरा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष एवं सांसद पशुपति शमशेर जबराले वर्तमान सरकार अत्यन्त अपठ्यारो अवस्थामा उभिएको टिप्पणी गरेका छन् । 

आईतबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको समुद्घाटन समारोहमा बोल्दै सांसद जबराले सरकार अस्थिर भएको र कहाँ जाने के हुने केही भन्न नसक्ने अवस्थामा रहेको बताएका हुन् । 

उनले भने, ‘हामी अत्यन्त अपठ्यारो अवस्थामा छौं । मुलुकको सरकार कहाँ जाने के गर्ने कसैलाई थाहा छैन् । तुलबुल अवस्था छ । कति वेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था छ । यस्तो वेला ढुक्क हुने आधार भनेको महिला संगठन बलियो छ ।’

मुलुकमाथि जे आईलागे पनि आफूहरु त्यसकाे सामना गर्न तयार भएको पनि सांसद जबराको भनाइ छ । 

Skip This
Skip This
Logo