प्रतिनिधिसभा बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
बैठकमा एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्ताैला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए ।
साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए ।
कांग्रेसका रामहरि खनिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्काे दलका नेतालाई भ्रष्टाचारीकाे रुपमा इंगित गर्दै छानबिन गर्न माग गरे ।





























प्रतिक्रिया