नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन् ।
आइतबारबाट सुरु भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सांसद खतिवडाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई पनि मुछिएको भन्दै यदि आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले भने, ‘कुनै–कुनै सञ्चार माध्यमले मेरो पनि नाम राखेर समाचार प्रकाशित गरेको पढेँ, यदि कहीँ कतैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु ।’
सांसद खतिवडाले दोषीलाई लुकाउने माथि कस्तो कारबाही हुन्छ भनेर सभामुख देवराज घिमिरेलाई प्रश्न पनि गरे। ‘जो दोषी छ त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ, सभामुख महोदय ?,’ उनले साेधे ।





























प्रतिक्रिया