रवि लामिछानेकाे टिप्पणीः ‘प्रस्तावित बजेटको सिद्धान्त कर्मकाण्डी दस्तावेज’

रवि लामिछानेकाे टिप्पणीः ‘प्रस्तावित बजेटको सिद्धान्त कर्मकाण्डी दस्तावेज’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पूरानो कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरेका छन्  ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सभापति लामिछानेले आर्थिक स्थिति नाजुक स्थितिमा पुगिसक्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटकोे पुलिन्दा भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘गत वर्ष भन्दा कम राजस्व संकलन भएको छ पाँच दशकमै राजस्व संकलन गत वर्ष भन्दा कम हुने जोखिम देखिन्छ आर्थिक वर्ष सकिन दुई महिना बाँकि हुँदा यस्तो असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन र सर्वसाधारणलाई राहत दिन सँधै जस्तो कर्मकाण्डी योजनाले के होला ? आशाको पुलिन्दा पस्किने कि व्यवहारिक र समाधानमूलक कुरा गर्ने ? ’

सभापति लामिछानेले नक्कली प्रकरणमा मिलिजुली एक अर्कालाई जोगाउने काम नगर्न सुझाव दिए । यस प्रकरणमा सलंग्न दोषी कोही उम्कन नहुने भन्दै यस घटनालाई नजिकबाट नियालिरहेको बताए । 

फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा नआउने भन्दै उनले प्राथमिकता र सिद्धान्तबाट विश्वस्त हुन नसकिएको तर्कसमेत गरे । 

Logo