नक्कली शरणार्थी प्रकरणमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नक्कली शरणार्थी प्रकरणमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनमा खुट्टा नकमाउन सरकारलाई सुझाव दिएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि यो परीक्षाको बेला हो भन्दै खरो उत्रिन सुझाव दिएका हुन् । 

‘भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ ।’ उनले भने  ‘उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ ।’

सत्ता सहयात्री दलहरुको पनि यो प्रकरणमा प्रधानमन्त्रीलाई पूर्ण साथ रहेको अध्यक्ष नेपालको भनाई छ । आफूहरुले कुनै पनि दोषीलाई नउम्काउन प्रधानमन्त्रीलाई सचेत गराएको उनले बताए । 

Logo