जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके)राउतले सरकारले मानव विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा सांसद राउतले मान्छे नै नरहे राष्ट्रिय गौरवका आयोजना बन्नुको कुनै अर्थ नहुने भन्दै मानव विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले ‘राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव हुने छैन’ भनेर उल्लेख गरेको छ । तर रोग भोक मेटाउने कुरामा, सामाजिक सुरक्षामा, शिक्षामा, स्वास्थ्यमा भने त्यसरी बजेटको अभाव हुनेछैन भनेर उल्लेख गरेको छैन । राष्ट्रिय गौरवका आयोजना भनेका चार लेनका सडक, विमानस्थल, जलविद्युत आयोजनाहरू होलान् । ती पनि बनाउनुपर्छ । तर ती आयोजना बनेपछि प्रयोग गर्ने मान्छेले हो । मान्छे नै नरहे ती राष्ट्रिय गौरवका आयोजना बन्नुको के अर्थ ?’
सांसद राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताउँदै सरकारले ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए ।





























प्रतिक्रिया