युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले मन्त्रालयको लागि १८ घण्टा काम गर्न तयार रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार आयोजित बधाइ तथा स्वागत कार्यक्रममा मन्त्री लिम्बूले मन्त्रालयमा भएको कमी कमजोरीहरुलाई हटाउन सबैको साथ आवश्यक भएको बताएका हुन् । उनले सबैले मिलेर जुट्ने हो भने मात्र सोचेको काम सम्भव हुने बताए ।
उनले भने, मन्त्रालय अन्तरगतको सबै काम मिलेर गरौ, म जहिले पनि काम गर्न सक्छु १८ घण्टा काम गर्न तयार छु भनेर मैले प्रतिबद्धता जनाएको छु । के कमजोरी छ, के कारणले अघि बढ्न सकेन, हामीले काम गर्न सकेनौ भन्ने बारे समीक्षा गर्नुपर्छ । सबैले मिलेर गर्ने हो भने मात्र काम पूरा गर्न सक्छौँ । हामी एउटा परिवार हौ सबै कर्मचारीहरु मिलेर काम गर्नुपर्छ ।’
मन्त्री लिम्बूले राजनीतिक स्वार्थको कारण कामहरु अगाडि बढ्न नसकेको स्वीकार गर्दै राजनीतिकभन्दा माथि उठेर काम गर्ने प्रयास गर्नुपर्ने बताए । उनले इमान्दार भएर काम गर्ने कि नगर्ने आफ्नो कर्तव्य पूरा गर्ने कि नगर्ने भन्ने कुरा महत्वपूर्ण भएको भन्दै नीति नियम संशोधनको विषयमा कर्मचारीको हित हुने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।





























प्रतिक्रिया