सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेर बदनाम बनेपछि सरकारले सहकारी क्षेत्र सुधारका लागि कार्यदल गठन गरेको छ ।
मंगलबार सिंहदबारमा बसेको मन्त्रिपरिषद्को वैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सहकारीको समग्र सुधारका लागि सरकार गम्भीर रहेको बताइन् ।
यस्तै, बैठकले नेपाल कृषि वन सेवा समूहका सहसचिव रेवतिरमण पौडेललाई सचिव पद्मा बढुवा गर्ने निर्णय गरेको छ । विदेशबाट आउने नेपालीले साथमा दुई थान मोबाइल ल्याउने निर्णय पनि भएकाे छ ।





























प्रतिक्रिया