आजबाट सरकारी वकिलले खाणसँग बिषय केन्द्रित बयान लिने

आजबाट सरकारी वकिलले खाणसँग बिषय केन्द्रित बयान लिने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणको आजवाट बयान सुरु हुने भएको छ।सरकारी वकिलले आजबाट पुर्व मन्त्री खाण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो। 

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो? अदालत किन जानु भएको हो? अदालतले के के निर्णय दियो? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजवाट पक्राउ पर्नुकाे कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने। उनका अनुसार आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ।

बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाणमाथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिईसकेको छ। अदालतले दिएको समयसिमा भित्र नै खाणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ। 

आज रातभर प्रहरी कस्टडीमा बिताएका पुर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजेपछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाईएको छ।हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए। 

Skip This
Skip This
Logo