राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौँमा बस्नेछ। 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेस गर्नेछन्। त्यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालय सम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। 

Skip This
Skip This
Logo