प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । हाल सर्वाधिक चासाेकाे विषय बनेकाे नक्कली भुटानी शरणार्थी प्रकरणमा को-को संलग्न भएको भन्ने तथ्य खोल्ने आगामी संसद बैठकमा खाल्ने पनि उनकाे भनाई छ ।
उनले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु ।’
अध्यक्ष ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोवध गर्न सकिन्छ भन्ने चाल चल्ने काम भइरहेको आरोप पनि लगाएका छन् ।





























प्रतिक्रिया