अब सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराउँछाैँः गृहमन्त्री श्रेष्ठ

अब सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराउँछाैँः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् । 

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरे । 

उपप्रधानमन्त्री श्रेष्ठले गृृह मन्त्रालयअन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए । उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन  योगदान पु-याउने बताए  । 

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।  

Skip This
Skip This
Logo