सरकारले पुरानो भ्रष्टाचारका फाइल खोलेको हैन, भ्रममा नपरौंः रवि लामिछाने

सरकारले पुरानो भ्रष्टाचारका फाइल खोलेको हैन, भ्रममा नपरौंः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकार संचालनका क्रममा आइपरेको काण्डको संज्ञा दिएका छन् । 

शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका सभापति लामिछानेले सरकारले चाहेर यो भ्रष्टाचारको फाइल खोलेको नभई आइपरेको काण्ड भएको टिप्पणी गरेका हुन् । संचारकर्मीसंग कुरा गर्दै उनले भने, ‘उनले भने लाई आइपरेको काण्ड अहिले हिँड्दै गर्दा बाटोमा आइपरेको काण्ड हो । सरकारले पूरानो फाइल खोलेको चै छैन है, भ्रममा नपर्नुहोला ।’

सभापति लामिछानेले अहिलेको सरकारले पुरानो भ्रष्टाचारका फाइल खोलेको नभई खोल्छु मात्रै भनेको टिप्पणी गरे । ‘खोल्या छ त ? खोल्छु भन्नु भएको छ । त्यसका लागि खबरदारी गर्न पनि हामी प्रतिपक्षमा बसेका हौं ।’ उनले भने ।

ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिकासमेत रहेको उनको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको उनले बताए । 

Skip This
Skip This
Logo