बालुवाटारमा जारी प्रमुख दलका शीर्ष नेताको बैठकमा दोस्रो तहका नेताहरू थपिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्षबीच जारी बैठकमा केही बेरअघि दोस्रो तहका नेताहरू थपिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । करिब १० बजे देखि सुरु भएको शीर्ष बैठकमा डेढघण्टा पछि दोस्रो तहका नेताहरू थपिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा दोस्रो तहका नेताहरू पुर्णबहादुर खड्का तथा रमेश लेखक, सुवास नेम्वाङ तथा हितराज पाण्डे थपिएका हुन् । नेताहरुबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाई समिति गठनबारे छलफल भइरहेको छ ।





























प्रतिक्रिया