धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्य समिति बैठक जारी

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्य समिति बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको वैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

प्रतिवेदनमा राप्रपाको महाधिवेशन र पुस्तान्तरण, निर्वाचनमा राप्रपाको अवस्था, संर्वद्धनवादी विश्व सञ्जालमा राप्रपा, राजसंस्था र हिन्दूधर्म, निर्वाचनको जनादेश, सरकारको काम कारवाहीप्रति राप्रपाको दृष्टिकोण विषयलाई उठान गरिएको छ । 

देशमा चौतर्फी संकट मडारीरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न वैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 

प्रवक्ता लावतीका अनुसार ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा वैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्ने भएको छ ।

एस आर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।

Logo