‘मंसिरमा महाधिवेशन गर्ने कुनै सम्झौता भएको छैन’ : प्रचण्ड

‘मंसिरमा महाधिवेशन गर्ने कुनै सम्झौता भएको छैन’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।

शनिबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यस्तो सहमति गरेको समाचार सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले कुनै पनि सम्झौता नभएको जनाएको हो ।

मंसिरमा महाधिवेशन गर्नेबारे छलफल चलेको तर सहमति भने भइनसकेको सचिवालयले जनाएको छ ।

शनिवार बसेको सचिबालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्न प्रस्ताव राखेको र त्यसमा प्रचण्ड पनि सकारात्मक रहेको समाचारहरु सार्वजनिक भएका थिए ।

नेकपाभित्र पछिल्ला केही साता यता आन्तरिक विवाद सतहमा आएपछि शीर्ष नेताहरु यसको समाधानमा सक्रिय भएका छन् ।

Logo