मञ्जु खाणलाई पार्टीले फलो गरेको छैन : प्रकाशशरण महत

मञ्जु खाणलाई पार्टीले फलो गरेको छैन : प्रकाशशरण महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् ।

यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।  खाण  पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाण प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन्। पति बालकृष्ण खाणलाई भेट्न गएको पनि देखिएको छैन।

डा.  महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । ‘मञ्जु खाण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन,’ प्रवक्ता डा. महतले भने, ‘दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।’  ‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन,’ उनले भने ।

Skip This
Skip This
Logo