रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन्।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’

Logo