नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसिसी पास भएपछि अमेरिकाका नेताहरु नेपालमा धमाधम आउन थालेको बताएका छन्।
बुधबार बिहान मदन-आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी मन्त्री र नेता तिम्बती शरणानार्थी शिविरमा पुगेर भेट्ने गरेको बताएका हुन्।
उनले भने, ‘एमसिसी पास भयो, एसपीपी पास गर्न खोजियो। अहिले अमेरिकी मन्त्री, नेता सेक्युरिटिसहित आउँछन्। सुरुमै तिम्बति शरणार्थी शिविरमा पुग्छन्। गृहमन्त्री भेटेर परिचय पत्र बनाउन लगाउँछन्। विदेशी दबाब बढेको बढ्यै छ।’
पूर्वप्रधानमन्त्री खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्याउनुपर्ने समेत बताए। ‘यो काण्ड राष्ट्रघाति हो, मानवबेचविखन हो, अपराध हो।’उनले भने,‘देशका ठूलाठूला माछा बल्छिमा पर्दैछन्। तर जोगाउने प्रयास हुँदैछ भन्ने सुनिन्छ। चाँडै अनुसन्धान हुनुपर्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्याउनुपर्नेमा जोड गरेका छन । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुँदैन, यो राष्ट्रघाति र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन् ।





























प्रतिक्रिया