बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न गगन थापाको दवाब

बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न गगन थापाको दवाब


नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका नेताहरुलाई निलम्बन गर्न दवाब दिएका छन् । 

बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्नुपर्ने र प्रमाणित भए कारबाही हुने बताएका हुन् । हाल शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका नेता बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्न आनाकानी गरिरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । 

शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रो भित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ।  गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन।’ 

Logo