ओलीप्रति शर्माको टिप्पणीः ‘बालकोटमा बादल लाग्दा बानेश्वर धमिलो देख्नुभयो’

ओलीप्रति शर्माको टिप्पणीः ‘बालकोटमा बादल लाग्दा बानेश्वर धमिलो देख्नुभयो’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकाको नीति तथा कार्यक्रममाथि नकारात्मक धारणा नराख्न आग्रह गरेका छन् । 

आइतवार प्रतिनिधिसभा बैठकमापछि संचाकर्मीहरुसँग महामन्त्री शर्माले सरकारले शुक्रवार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि अध्यक्ष ओलीले नकारात्मक धारणा राखेको बताए । बालकोटमा बादल लाग्दा बानेश्वरमा धमिलो देख्ने प्रवृति ओलीमा रहेको उनको टिप्पणी थियो ।

उनले भने, ‘बालकोटमा घाम लागेको बेला बानेश्वरमा उज्यालो देखिने । बालकोटमा बादल लाग्यो भने बानेश्वरमा पनि धमिलो देखिने योे खालको मनोविज्ञान र प्रवृति केपी ओलाीमा देखियो यो प्रवृति अन्त्य गर्नुहोला ।’

महामन्त्री शर्माले अझै गाउँ गाउँमा पानीको धारा सम्म नपुगेको अवस्थामा अध्यक्ष ओलीको पानी जहाजको सपना आवश्यक नरहेको बताए । अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ । 

Logo