नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न आवश्यक भएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीसंग सांसद बर्तौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको त्यस्तै स्वीकार गर्न नसकिने हुँदा यसलाई पुनर्लेखन गर्नुपर्ने बताए । ‘सरकारलाई हाम्रो आग्रह छ हामीले दलको तर्फबाट आग्रह गरेका छौ यो नीति तथा कार्यक्रमलाई जस्ताको त्यस्तै स्वीकार गर्न सक्ने अवस्था छैन्, यसलाई फेरि लेख्नुपर्छ । पुनर्लेखन गर्नुपर्छ ।’ उनले भने ।
सांसद बर्तौलाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले वास्तवमा देशलाई दिशा निर्देश गर्न नसक्ने भन्दै यो विषयमा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण धारणा राखेको जिकिर गरे ।





























प्रतिक्रिया