रास्वपा सभापति लामिछानेको प्रश्नः सरकारले नाकावन्दी शब्द किन छुटायो ?

रास्वपा सभापति लामिछानेको प्रश्नः सरकारले नाकावन्दी शब्द किन छुटायो ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आर्थिक क्रियाकलापमा सबै भन्दा बढी असर पारेको नाकावन्दी भन्ने शब्द सरकारले छुटाएको भन्दै आलोचना गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद लामिछानेले नाकावन्दी विर्सिने विषय नभएको पनि प्रष्ट पारे । 

उनले भने, ‘हाम्रो आर्थिक क्रियाकलापमा बढी असर गरेको नाकाबन्दी भन्न सरकारले छुटाएछ । छुटाए छ की डराएछ म अहिले भन्न सक्दिन । नाकाबन्दी विर्सिने विषय हैन् । अर्थतन्त्र अन्योलको स्थितिमा छ । तैपनि यसलाई राजनीतिक र प्रशासनिक नेतृत्वले गम्भीरताका साथ दिइएको देखिँदैन् । अरुलाई मितव्ययी बन्न सुझाव दिने सरकार आफैले फजुल खर्जमा प्रोत्साहन गरिरहेको छ । राज्यले लिने आर्थिक र कर नीतिहरु अत्यन्तै विवादास्पद भेदभावपूर्ण भएको देखिन्छ । करको दरमा गरिएको परिवर्तन अर्थतन्त्रको समग्र हितको लागि नभई निश्चित क्षेत्र र व्यवसायीलाई लाभ पु-याउने काम भएको छ ।’

Logo