जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन चन्द्र भण्डारीको आग्रह

जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन चन्द्र भण्डारीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आफू जलेर घाइते हुँदा आएको सहयोगबाट अस्पताल बनाउन आग्रह गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारीले उपचारपछि आफूलाई आएको सहयोग रकमले हस्पिटल बनाइदिन सरकारसंग आग्रह गरेका हुन् । 

उनले भने, ‘म बिरामी हुँदा देश तथा विदेशका सबै साथीहरुले सहयोग गर्नुभयो मैले सहयोग नमाग्नु भनेको थिए म निदाएको थिए । भारतमा ७ दिनमा होस आउँदा धेरैले सहयोग गर्नुभएको रहेछ। त्यो सहयोगको सम्मान गर्दै सरकारले मलाई दिने सहयोग हस्पिटल बनाउन प्रयोग होस भनेर प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’ 

सांसद भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा गम्भिर घाइते भएका थिए । उनलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए। आगोलागी हुँदा घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। 

Logo