साझा सहमतिबाटै ‘कोशी’ प्रदेश नामाकरण गरिएको कांग्रेसको दावी

साझा सहमतिबाटै ‘कोशी’ प्रदेश नामाकरण गरिएको कांग्रेसको दावी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘आन्दोलनरत सम्पूर्ण साथीहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं । अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थियो । तर तत्कालीन प्रदेश नं. १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो ।’

आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दूव्र्यवहार गर्ने कार्य रोक्न आग्रह समेत गरेको छ । 

हेर्नुहाेस्, विज्ञप्ति-

 

Skip This
Skip This
Logo