राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचाको अन्त्य नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् ।
शनिवार पार्टीको ललितपुर महानगरको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको पहिलो एक नम्बरमा रहेको काम भनेकै भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका हुन् । उनले भ्रष्टाचारविरुद्ध रास्वपा चुप लागेर नबस्ने पनि प्रष्ट पारे ।
सभापति लामिछानेले रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न विशेष संसदीय समितिको माग गरिसकेको स्मरण गराए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका ठूला भनेका नेता हाँगा मात्रै भएकोले उक्त प्रकरणमा जरासम्म पुगेर छानविन गर्न संसदमा संसदीय समितिको आफूहरुले उठाएको उनको भनाइ थियो ।
सभापति लामिछानेले भने- ‘अहिले समातिएका ठूला भनिएका नेताहरु ति भ्रष्टाचारका जरा होइनन्, हाँगा मात्र हुन् जरासम्म पुग्नुपर्ने छ । जरासम्म पुग्न सकेको छैन्, जरासम्म पुगोस भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले अव संसदमा आवाज उठाउन थालिसक्यो । संसदमा विशेष समितिको माग गछौं ।’
देशमा रहेको भ्रष्टाचारको जरोसम्म पुगेर त्यसलाई नओकलेसम्म आफूहरुले स्वास नफेर्ने जिकिरसमेत उनले गरे ।





























प्रतिक्रिया