नीति तथा कार्यक्रम साध्य हो, साधन होइनः सांसद लेखक

नीति तथा कार्यक्रम साध्य हो, साधन होइनः सांसद लेखक


नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको जिकिर गरेका छन् । 

शनिवार संसदमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद लेखकले सरकारले आफ्ना प्राथमिकता स्रोत र साधनको आधारमा तय गरेको र यो उत्कृट रहेको जिकिर गरे । 

उनले भने, ‘हामी कैले कहीँ साध्य र साधनमा भ्रमित हुने गरेका छौं । जस्तो हाम्रो संविधानले बडो सुपरिभाषित ढंगले साध्य र साधनलाई परिभाषित गरेको छ र ठोस ढंगले अघि बढाएको छ । संघीय लोकतान्त्रिक शासन व्यवस्था साधन हो साध्य होइन्। ’

सांसद लेखकले नीति तथा कार्यक्रम पनि सरकारको साधान मात्रै भएको जिकिर गर्दै सरकारले आफ्नो नीति अनुरुप काम गर्न सक्नुपर्ने बताए । 

उनले भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणा पत्र हो । मूलत यो घोषणा पत्रले, तीनवटा विषय बोकेको हुन्छ, बोकेको छ । पहिलो विषय यसले देशको तत्कालीन आर्थिक संवैधानिक र शासकीय विश्लेषण गरेर सुक्ष्म अध्ययन गरेर एउटा निष्कर्ष निकाल्नु पर्दछ, अर्को मुलुकको आवश्यकता र प्राथमिकतामा टेकेर गन्तब्य निर्धारण गर्नुपर्छ ।’ 

Logo