नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरि बूढामगरको सफलता नेपालको सफलता भएको बताएका छन्।
घुँडा माथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बूढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले यो उनको संकल्पको सफलता भएको बताए। उनले भने, ‘यो हामी सबैको सफलता र साहसको सफलता हो। हामी सबै नेपालीको सफलता हो,संकल्पको सफलता हो। केही गर्छु भन्ने अठोट हो। फेरि सगरमाथा चड्नुस भन्दिन म।’
उनले बूढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानव जातिमा प्रेरणा जगाउने यो यात्रा जारी रहोस् भन्दै प्रशंसा समेत गरेका छन्।





























प्रतिक्रिया