नेकपा एमालेका सांसद डा.विमला राई पौडेलले संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने व्यवस्था गर्न सुझाव गरेकी छिन्।
आइतबार संघीय संसदको संयुक्त बैठक नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैँ सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन्।
उनले लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धि कानुन संरचना, निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा छुट्टै संयुक्त समिति रहनुपर्ने भन्दै यसको व्यवस्थाको लागि सुझाव गरेकी हुन्।
उनले भनिन्,‘संविधानको भावना अनुरुप राज्यका सबै निकाय र तहमा लैङिगक समानता सुनिश्चित गर्ने तथा लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धी कानुन संरचना निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा आवश्यक निर्देशन गर्न, विशेष छलफल गरी समान धारणा बनाउन र सम्बन्धित निकायका काम कारवाहीलाई संयुक्त रुपमा अनुगमन गर्न गराउन एक छुट्टै संयुक्त समिति लैङिगक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने छ भनेर यस्तो खालको व्यवस्था गरौ भनेर मेरो संशोधनको लागि सुझाव हो।’































प्रतिक्रिया