संघीय संसद अन्तर्गत पाँच समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत पाँच समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत पाँच समितिको बैठक आज (मंगलबार) बस्दैछ। जसमध्ये प्रतिनिधि सभा अन्तर्गतको तीन र राष्ट्रिय सभा अन्तर्गतको दुई समितिको बैठक आज बस्ने भएको हो । 

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ। महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ। 

राष्ट्रिय सभा अन्तर्गत विद्यायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्दैछ भने, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ। 

बैठकमा सरकारबाट जारी बजेटका सम्बन्धमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण लगायत बिषयगत अन्य मुद्या छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।

Logo