प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्षतामा ८ सदस्यीय उपसमिति गठन गरेको हो । सदस्यहरुमा प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।
कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय दिइएको छ ।































प्रतिक्रिया