समृद्धीका लागि कम्युनिष्ट एकता आवश्यक छः सचिव पौडेल

समृद्धीका लागि कम्युनिष्ट एकता आवश्यक छः सचिव पौडेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले देशलाई भ्रष्टाचार मुक्त्त बनाई समृद्धी हासिल गर्न कम्युनिष्ट पार्टी एक हुन जरुरी रहेको बताएका छन् । 

काठमाडौंमा आयोजित अन्तर्क्रियामा कार्यक्रममा सचिव पौडेलले भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय समृद्धीका लागि भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसका लागि कम्युष्टिहरु एक ठाउँमा उभिन आवश्यक छ भने । उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणको विषय अगाडी बढईसकेको भन्दै त्यसलाई निरन्तरता दिएर निष्कर्षमा पु-याउन सरकार नचुक्ने विश्वास व्यक्त गरे । 

उनले भने, 'भ्रष्टाचार सम्बन्धि कुरा राज्यले प्रक्रिया अगाडी बढाईसकेको छ । यो प्रक्रियालाई निरन्तरता दिएर निष्कर्शमा पु-याउने प्रतिवद्धता छ । खबरदारी पनि गर्नुहोला सबैले अरु कुनै कारणले भ्रष्टाचारको क्षेत्रमा भएका अनियमीततालाई नियन्त्रण गर्ने कुरा र भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा तलमाथि हुने छैन ।' 

Logo