प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता सकिएको छ। बुधबार बिहान बालुवाटारमा चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता भएको हो।
भेटमा नेपाल-चीनबीचको पारस्परिक सम्मान र आपसी हितका आधारमा द्विपक्षीय सहयोग र दुई पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको छ। स्रोतका अनुसार भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएका छन्।
१४ जनाको चिनियाँ टोली मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका थिए। उनीहरुले प्रधानमन्त्रीसहित सरकारी अधिकारी र व्यापारिक निकायसँग पनि छलफल गर्ने बताइएको छ। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्।





























प्रतिक्रिया