प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेश सचिवको भेट

प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेश सचिवको भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् ।

चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गरेका हुन् । आजको भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसिरहेका छन् । 

जेठ १८ गते बिहीवार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Logo