नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणमा नेपालको चाहनाको सम्वोधन हुन नसकेको टिप्पणी गरेका छन् ।
भारतको हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तामा भएको मुख्य सातवटा सम्झौतापछि महासचिव पोखरेलको यस्तो टिप्पणी आएको हो ।
तर, भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएको उनको भनाई छ । ‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !।’ उनले भनेका छन् ।































प्रतिक्रिया