राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नागरिकता विद्येयक स्वीकृत गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानून विरोधी कार्य गरेको बताएका छन् ।
नागरिकता विद्येयकमा छाप लगाउँदा राष्ट्रपति पौडेलले नेपालको संविधानले तोकेको प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै उनले संविधान र कानुन विरोधी काम भएको दावी गरेका हुन् ।
लोहनीले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘यस सन्दर्भमा हाल नागरिकता सम्बन्धि विद्येयकको पहिलो पाटो भनेको यसलाई रास्ट्रपतिजीले स्वीकृत गर्दा यस सम्बन्धि संवैधानिक प्रक्रिया पूरा भयो कि भएन ? उत्तर छ- भएन, यसो भन्नु पर्दा दुःख पनि लाग्छ तर यथार्थता यही हो, जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई उहाँले चरितार्थ गर्नुभएको छ ।’
राप्रपाका पूर्वअध्यक्षसमेत रहेका लोहनीले सबै नेपालीले देशको नागरिकता पाउनु पर्ने र नागरिकका मौलिक अधिकारप्रति सबै नेपालीको समर्थन रहेको पनि प्रष्ट पारेका छन् ।





























प्रतिक्रिया